सबै बिद्यालयका बिद्यार्थी बालमहोत्सवमा सहभागि गराइने


दमक,माघ २१ गते ।

नेपालमा नै पहिलो पटक उज्यालो बाल क्लवको आयोजनामा हुन लागेको
राष्ट्रिय बालमहोत्सवलाई सफल बनाउनका लागि झापा र मोरङका जिल्ला शिक्षा
कार्यालयहरुले जिल्लाका सबै बिद्यालयहरुलाई महोत्सवमा सहभागि गराउन आग्रह
गरेकाछन् । प्याप्सन जिल्ला कार्यालय झापाले पनि जिल्लाका सबै नीजि
बिद्यालयहरुलाई महोत्सव सफल बनाउन सहयोग गर्नका लागि आग्रह गरेको छ ।
माघ २५ गतेदेखि २९ गतेसम्म लखनपुरको आदिबासी रंगशालामा सञ्चालन हुने
महोत्सवलाई सफल बनाउनका लागि जिल्ला शिक्षा कार्यालय झापाले
सरोकारवालासबै संग छलफल गराएको र उल्लेख्य सहभागिता रहने झापाका जिल्ला
शिक्षा अधिकारी योगेन्द्र बरालले बताए । उनले सबै सरकारी तथा नीजि
बिद्यालयहरुलाई आफ्ना बिद्यार्थीहरु महोत्सवमा सहभागि गराउने ब्यवस्था मिलाउन
आग्रह पनि गरे । उनले भने–‘नेपालमा नै पहिलो पटक हुन लागेको यो
बालमहोत्सव प्रयोगात्मक सिकाइमा एउटा रामो कार्यक्रमको रुपमा हामीले लिएका
छौ र सबैलाइ सहभागिताका लागि अनुरोध छ ।’
यसैगरि मोरङका जिल्ला शिक्षा अधिकारी देबेन्द्रराज खनालले बिद्यार्थीहरुलाई
शैक्षिक भ्रमणको नाममा बिभिन्न ठाँउमा लगिने गरेको जनाउदै जिल्लाका सबै
बिद्यालयहरुलाई एक पटक महोत्सवमा सहभागिता जनाउनका लागि अनुरोध गरिने बताए
। उनले बालबालिकाको प्रतिभादेखि लिएर बिज्ञान प्रदर्शनी लगायत बालबालिकालागि
उत्साह थप्नका लागि बिभिन्न बालमैत्री कार्यक्रमहरु आयोजना हुने यस महोत्सवलाई
आफ्नै कार्यक्रमको रुपमा लिइने प्रतिबद्धता जनाए ।
प्याप्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलले झापाका नीजि बिद्यालयहरुमा
एकलाभन्दा बढि बिद्यार्थीहरु रहेको जनाउदै धेरैलाइ सहभागिताका लागि अनुरोध
गरिसकिएको बताएकाछन् । उनले यस्तो कार्यक्रम बिरलैमात्र हुने भएकाले यो
बिद्यार्थीहरुका लागि अवसर भएको जनाए । प्याप्सन झापाले यो कार्यक्रमलाई
आफ्नो कार्यक्रमको रुपमा लिएकाले धेरैभन्दा धेरै बिद्यार्थी सहभागि गराउने
लक्ष्य रहेको जानकारी दिए । उनले नीजि बिद्यालयहरुलाई बिद्यार्थीहरुलाई
महोत्सवमा सहभागि गराउन पनि आग्रह गरे ।
महोत्सव मूल आयोजक समितिका सयोजक सन्तोष भण्डारीले महोत्सव
बालबालिकाका लागि एउटा खुला बिश्व बिद्यालयको रुपमा बिद्यार्थीहरुले पाउने
बताएकाछन् । बालबालिका तथा बिद्यार्थीहरुलाई लक्षित गरेर नेपालमा नै पहिलो
पटक लगाउन लागिएको यो महोत्सवले बालप्रतिभाहरुको खोजि गर्नुको साथै
बिज्ञानका चमत्कारिक अध्ययनको अवसर मिल्नेछ । महोत्सवको तयारी तिब्र रुपमा
भइरहेको समेत भण्डारीले जानकारी दिए ।

महोत्सव प्रचारप्रसार समिति
संयोजक
बिष्णुप्रसाद पोखरेल
९८५२६७५८५०