तेतरियामा प्रहरीको सचेतना

विराटनगर, माघ २३ गते।
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटगनर र सामुदायिक सेवा केन्द्र तीनपैनीको सँयक्त आयोजनामा आइतबार मोरङको तेतरियामा लैङगिक हिंसा सम्बन्धि सचेतनामुलक कार्यक्रम भएको छ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र तीनपैनी मोरङका अध्यक्षा मिना जोशी, ओरेक नेपालकी सचिव शान्ता दनुवार लगायत उपस्थित अतिथीहरुले लैङगिक हिंसाका बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो।

कार्यक्रममा प्रशिक्षकका रुपमा खटिएका पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगर प्रहरी नायव निरीक्षक कृष्णकुमारी अधिकारीसहितको टोलीले सहभागी ६४ जना महिलाहरुलाई घरेलु हिंसा, महिला हिंसा , लैङ्गिक समानता, लागूऔषध दुर्व्यसन, मानव वेचविखन लगायतका विषयमा व्यवहारीक तथा कानूनी प्रावधानका बारेमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा प्रमूख अतिथी रहेका पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षाक बिधानन्द माझीले लैङिक हिंसाका अपराध तथा सोको कानूनी प्रावधानका बारेमा जानकारी गराउनुका साथै ग्रामीण महिलाहरुलाई चेतनशील बनाउने क्षेत्रीय प्रहरी कार्यालयको अभियान अन्तरगत सो कार्यक्रम गरिएको बताउनु भयो।