अनेरास्वबियुको १४ विभागिय प्रमुख छानिए ।

विराटनगर, माघ २३ गते ।
अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियु)ले नजिकिँदै गरेको स्ववियु निर्वाचनलाई लक्षित गरेर १५१ सदस्यीय स्ववियु निर्वाचन कमिटि गठन गरेको छ । शनिबार महेन्द्र मोरङ क्याम्पसमा भएको बिद्यार्थीहरुको भेलालले बिभिन्न १४ वटा बिभाग समेत गठन गर्दै त्यसको संयोजक समेत तोकेको अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस अध्यक्ष लक्ष्मण पोखरेलले जानकारी दिनुभयो । 
शनिबार गठन भएको १४ बिभागिय प्रमुखहरुमा प्रचार बिभाग प्रमुख, ओम बिक्रम कटुवाल, प्रबक्ता निर्मला भण्डारी, अखिल फोर्स संयोजक प्रज्वल अधिकारी, बिद्यार्थी जनजागरण अभियान संयोजक अरबिन्द रोय, छात्रा परिचालन विभाग संयोजक राज्यलक्ष्मी कटठुवाललाई तोकिएको छ । त्यस्तै संगठन परिचालन विभाग संयोजक नारायण बहादुर कार्की, घोषणा पत्र ब्यवस्थापन समिति संयोजक आयाम काफ्ले, समन्वय तथा सम्पर्क समिति स्रयोजक दिपेश कोइराला, बिज्ञान संकाय परिचालन उप समिति संयोजक रोशन राउत, मानविकी संकाय उपसमिति संयोजक पवन भण्डारी, ब्यवस्थापन संकाय संयोजक सम्राट कटुवाल, शिक्षा संकाय संयोजक नबिन सुबेदी र माईक्रो वायोलोजी संयोजकमा बिकास अधिकारीलाई जिम्मेवारी तोकिएको अनेरास्वबियु जिल्ला अध्यक्ष गोकर्ण घिमिरेले बताउनुभयो । उहाँले अतिरिक्त क्रियाकलाप गर्नेगरी अतिरिक्त क्रियाकला उपसमिति संयोजकमा जोसेफ घिमिरेलाई जिम्मेवारी दिईएको जानकारी दिनुभयो । 
अखिलका केन्द्रीय सचिव ओसिम आलमले स्वबियु निर्वाचनलाई लक्षित गरी जिम्मेवारी दिईएकोले त्यसलाई सबै संयोजकले ईमान्दार पुर्बक कार्य सम्पन्न गर्न सबैले आफ्नो स्थानबाट लाग्न निर्देशन दिनुभयो । उहाँले महेन्द्र मोरङमा रहेको साख जोगाउन र आफ्नो बर्चश्व कायम राख्नको लागि सबै बिद्यार्थी एक हुनु पर्नेमा उहाले जोड दिनुभयो । भेलामा बिभिन्न संकायमा १५१ सदस्यीय समिति गठन गरिएको छ ।कार्यक्रममा सचिवालय सदस्य भास्कर खनालको समेत उपस्थीती रहेको थियो ।