बिर्तामोडस्थित एजुकेशन पार्क कन्सल्टेन्सी

बिर्तामोड,माघ १९ गते ।
 झापाको बिर्तामोडस्थित एजुकेशन पार्क कन्सल्टेन्सीले शनिबार एक दिने निःशुल्क सेमिनार गर्ने भएको छ । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी एजुकेशन पार्कले सेमिनार गर्न लागेको हो ।
सेमिनार शनिबार दिउँसो १ बजेदेखि होटल हिकोलामा सुरु हुने एजुकेशन पार्क बिर्तामोडका निर्देशक बिकास बाँस्कोटाले जानकारी दिए । बाँस्कोटाका अनुसार सेमिनारमा सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाउने छन् । ‘अब्रोड स्टडीका लागि अस्ट्रेलिया जान चाहनेहरुका लागि नियमहरु नयाँ–नयाँ आइरहन्छ,’ उनले भने, ‘कसरी प्रोसेस गर्ने, कोसँग काउन्सिलिङ लिने, युनिभर्सिटी एजुकेशन के हो, के फाइदा हुन्छ लगायतका कुरा विद्यार्थीलाई हामी सेमिनारमा जानकारी दिनेछौँ ।’
सेमिनारमा अस्टेलियाको युनिभर्सिटीका एकजना प्रतिनिधि र अस्ट्रेलियाका लागि पुराना एवम् अनुभवी काउन्सिलर निरज सिटौला (भुपेन्द्र) आउँदैछन् । सिटौला एजुकेशन पार्क काठमाडौँका प्रवन्ध निर्देशकसमेत हुन् ।
सेमिनारमा आउने विद्यार्थीको डकुमेन्ट हेरेर सोही दिनबाट लेटर प्रोसेस समेत सुरु गरिने निर्देशक बाँस्कोटाले बताए । विद्यार्थीलाई लक्षित गरी सेमिनार आयोजना गरिएको बताएका उनले भने, ‘विद्यार्थीकै फाइदाका लागि सेमिनार गर्न लागिएको हो ।’ एजुकेशन पार्कले बिर्तामोडमा आयोजना गरेको यो दोस्रो सेमिनार हो । 
काठमाडौँमा मुख्य कार्यालय रहेको एजुकेशन पार्कले ६ महिनाअघि बिर्तामोडको शनिश्चरे रोडमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । एजुकेशन पार्कले उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया, न्यूजिल्याण्ड र युएसए जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श दिँदै आएको छ । 
एजुकेशन पार्कको बिर्तामोड कार्यालयमा आइइएलटीएस, टोफेल, स्याट, जीआरई, जीम्याट लगायतका विषयको पढाइ समेत हुन्छ ।